Online Bichar
बुधबार, भाद्र १०, २०८३ | Wednesday, August 26, 2026

झापा, १ साउन २०८२ । झापाको दमकमा आगलागी भएको छ । आज १२ बजेको समयमा दमक नगरपालिका-६ बस्ने दिलमाया लावतीले संचालन गर्दै आएको सेवारो होटलमा आगलागी भएको हो ।

लावतीले सुरेश कुमार थापाको खालि जग्गा भाडामा लिई टिनको छानो टिनको बेराले बनाएको एक तले कच्चि घरमा संचालन गर्दै आएको सेवारो होटलमा खाना पकाउने क्रममा सिलिण्डरबाट ग्यास चुहावट भइ सिलिण्डर विष्फोट भएर होटलमा आगो लागेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आगालागीबाट उक्त होटल भित्र रहेको लत्ता कपडा खाद्यान्न, फ्रिज ३ थान, ग्याँस सिलिण्डर ८ थान, इन्भर्टर २ थानसहित घर पुर्ण रुपमा जलि अन्दाजी १३ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट सोही स्थानमा रहेको ज्ञानु रिजालको दुई तले पक्की घरको पछाडी पट्टीको झ्यालको सीसा–७ वटा र घरभित्र रहेको लत्ताकपडा जल्दा अन्दाजी १ लाख ५० हजार बराबरको क्षति भएको छ ।
दमक नगरपालिका , उर्लाबारी नगरपालिका र कमल गाउँपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा दिउँसो १२ः३० बजे आगो पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

तपाईको प्रतिक्रिया