Online Bichar
सोमबार, मंसिर ०२, २०८२ | Monday, November 17, 2025

काठमाडौं, २३ असार २०८२ । संघीय निजामती विधेयकमा ‘कुलिङ पिरियड’ मा भएको भनिएको छेडखानीबारे गठित संसदीय छानबिन समितिको संयोजकमा नेपाली कांग्रेसका सांसद जीवन परियार तोकिएका छन् ।

सोमबार प्रतिनिधिसभामा सभामुख देवराज घिमिरेले परियार संयोजकत्वको सात सदस्यीय संसदीय विशेष छानबिन समिति घोषणा गरेका हुन् ।

समितिमा नेपाली कांग्रेसबाट परियार र सुशीला थिङ, नेकपा (एमाले) बाट नारायण आचार्य र ईश्वरी घर्ती छन् । यस्तै, नेकपा (माओवादी केन्द्र) बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट रोशन कार्की छन् ।

समितिलाई छानबिन तथा अध्ययनका लागि २१ दिनको समय दिइएको छ ।

 

तपाईको प्रतिक्रिया