भैरहवा (रुपन्देही), ९ असार २०८२ । चट्याङ लागेर रुपन्देहीमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मर्चवारी गाउँपालिका–३, महाराजगञ्ज बस्ने ४५ वर्षीया प्रमिला यादव रहेको इलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए ।
साउदका अनुसार, घरबाट करिब एक सय मिटर पूर्व रहेको आफ्नै खेतमा रोपाइँ गर्न गएको अवस्थामा सोमबार बिहान साढे ६ बजे यादवलाई चट्याङ लागेको थियो । चट्याङ लागेर बेहोस भएकी यादवलाई भैरहवास्थित भीम अस्पतालमा पुर्याएको र त्यहाँ उपचारका क्रममा मृत्यु भएको साउदले बताए । रासस






