Online Bichar
बुधबार, माघ ०८, २०८२ | Wednesday, January 21, 2026

काठमाडौं, ९ असार २०८२ । झापा र ओखलढुंगामा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । पछिल्लो एक घण्टामा झापाको दमक वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा हल्कादेखि मध्यम वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले सोमबार (असार ९ राति ८:४५ बजे) सूचनामा जारी गर्दै सो क्षेत्र भइ बहने रतुवालगायत अन्य स–साना खोलाहरूमा आकस्मिक बहाव बढ्न सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

त्यस्तै, ओखलढुंगाको मानेभञ्याङ वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा हल्कादेखि मध्यम वर्षा मापन भएको छ ।

 

तपाईको प्रतिक्रिया