Online Bichar
बिहिबार, फाल्गुण ०७, २०८२ | Thursday, February 19, 2026

 झापा, ५ असार २०८२ । अपहरण मुद्धाका फरार प्रतिवादी ज्ञानबहादुर रसाईली मेचीनगरबाट पक्राउ परेका छन् । हिजो साँझ ५:१५ बजे मेचीनगर नगरपालिका वडा नं २ बाट ६० वर्षीय रसाईलीलाई पक्राउ गरिएको हो । इलाम नगरपालिका १० गोदक घर भई उनी मेचीनगर २ मा बस्दै आएका थिए ।

अपहरण मुद्धामा रसाईलीलाई ३ महिना २३ दिन कैद र ५ हजार रुपैयाँ जरिवाना सजाय तोकिएको थियो । उनलाई जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको टोलीले नियन्त्रणमा लिएको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया