Online Bichar
आइतबार, माघ १२, २०८२ | Sunday, January 25, 2026

इलाम, ५ असार २०८२ । अविरल वर्षाका कारण इलामको फाल्गुनन्द सुकिलुम्बा बिमानस्थलमा क्षति पुगेको छ । गएराति परेको अविरल वर्षाका कारण इलाम नगरपालिका-९ गोलाखर्कस्थित फाल्गुनन्द सुकिलुम्बा बिमानस्थलमा क्षति पुगेको हो ।

आज बिहान ८ बजे प्रहरी चौकी गोलाखर्कमा जानकारी प्राप्त हुनसाथ प्रहरी टोली खटिएर बुझ्दा बिमानस्थलको पूर्वतर्फको रनवेको बिच भाग चिरा परी जमिन भाँसिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । सो स्थान जीर्ण अवस्थामा रहेको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया