झापा, १२ जेठ २०८२ । झापाको दमकबाट लागु औषध खैरो हेरोईनसहित ४ जना पक्राउ परेका छन् । आज (सोमबार) १२ः४५ बजेको समयमा दमक नगरपालिका-९ चिया बगानको नौ घरे टोल स्थित बस्ने ३५ वर्षिय भगवान किन्डो उराउको घरबाट दमक-९ नौ घरे बस्ने २४ वर्षिय अजय राई, सुर्यदय टोल बस्ने २३ वर्षिय रोहित गौतम र माछा खाडी बस्ने ३१ वर्षिय राजु सुनुवारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
भगवान किन्डो उराउको घरमा मानिसहरु भेला भई लागु औषधको खरिद बिक्री गर्दैछन भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलि उराउको घरमा पुग्दा ४ जनालाई फेला पारेको प्रहरीले जनाएको छ । उनिहरुको शरिर तथा घर खान तलासी गर्दा अजय राईको साथबाट सेतो प्लाष्टिकको टुक्राहरुमा स(साना पोकोहरु पारेको अवस्थामा ८७ वटा पोका फेला परेकोले उक्त पोका खोली हेर्दा लागु औषध खैरो हेरोईन ४ ग्राम ८८ मिलि ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ । उक्त बरामद भएको लागु औषधसहित ४ जनालाई इलाका प्रहरी कार्यालय दमकमा ल्याई थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।






