Online Bichar
शुक्रबार, जेठ ०३, २०८२ | Friday, May 16, 2025

काठमाडौं, १० वैशाख २०८२ । कक्षा १२ को वार्षिक परीक्षाको संशोधित समयतालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले ११ गतेदेखि तय गरिएको परीक्षाको संशोधित समयतालिका सार्वजनिक गरेको हो ।

बोर्डले कक्षा १२ को साधारण र परम्परागत धारतर्फका नियमित तथा आंशिक एवं प्राविधिक धारतर्फका नियमित तथा आंशिक परीक्षार्थीहरूको वार्षिक परीक्षाको समयतालिका बुधबार सार्वजनिक गरेको छ । बोर्डका अनुसार अब परीक्षा यही वैशाख २१ गतेदेखि हुनेछ । परीक्षा जेठ २ गतेसम्म सञ्चालन हुनेछ ।

यसअघि बोर्डले मंगलबार कक्षा १२ को परीक्षा सर्ने निर्णय गरेको थियो ।

 

तपाईको प्रतिक्रिया