Online Bichar
बुधबार, भाद्र १०, २०८३ | Wednesday, August 26, 2026

झापा, १७ चैत २०८१ । कतारले विभिन्न अपराधमा जेल जीवन विताइरहेका १८ जना नेपालीलाई आममाफी दिएको छ। रमजान र ईद पर्वको अवसरमा कतारले १८ जना नेपालीलाई आममाफी दिने निर्णय गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

परराष्ट्र मन्त्रालयले विज्ञप्त जारी गर्दै कता सरकारप्रति आभार प्रकट गरेको छ। नेपाल र कतारबीचको द्विपक्षीय सम्बन्ध र मानवीयताका आधारमा कतारले गरेको क्षमादानलाई उच्च मूल्यांकन गर्ने परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै जनाएको छ।

सरकारले कतारको दोहास्थित नेपाली दूतावासमार्फत कतार सरकारलाई उनीहरूको रिहाइका लागि आग्रह गरेको थियो। आममाफी पाउने नेपालीहरूको विवरण भने परराष्ट्र मन्त्रालयले खुलाएको छैन।

 

तपाईको प्रतिक्रिया