Online Bichar
आइतबार, बैशाख ०७, २०८२ | Sunday, April 20, 2025

सुनसरीं, १७ चैत २०८१ । ट्याक्टरबाट खसेर युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा हरिनगरा गाउँपालिका-२ की २० वर्षीया जुलेशा खतुन रहेकी छन्।

हरिनगरा गाउँपालिका-३ गौतमपुरस्थित सडकमा प्र.१-०२-००३ त ५०९ नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरमा सवार उनको आइतबार दिउँसो घटनास्थलमै मृत्यु भएको हो।

प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया