Online Bichar
शनिबार, भाद्र २७, २०८३ | Saturday, September 12, 2026

काभ्रे, १३ चैत २०८१ । जिल्लाको बनेपा नालामा बाबुले चलाएको ट्रकले किचेर छोरीको मृत्यु भएको छ। बनेपा नगरपालिका-४ नालामा बा ४ ख ८५९२ नम्बरको ट्रकले किच्दा ४ वर्षीया समीक्षा बरालको मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्रक डिपोबाट ब्याक गर्दा उनका बाबू सरोजले ट्रक चलाइरहेका थिए। सिन्धुली गोलन्जोर गाउँपालिका-१ का बराल परिवारसहित नालास्थित डिपोमा बस्दै आएका थिए।

स्थानीय शुभकामना सप्लायर्स बालुवा डिपोमा बस्दै आएका बरालले ब्याक गर्ने क्रममा ट्रकले छोरीलाई किचेको हो। उनको उपचारका क्रममा धुलिखेल अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ।

ट्रक र चालक बनेपा प्रहरीको नियन्त्रणमा रहेको मृतक बालिकाको शव पोस्टमार्टमका लागि धुलिखेल अस्पताल राखिएको प्रहरीले जनाएको छ।

 

तपाईको प्रतिक्रिया