Online Bichar
सोमबार, बैशाख ०८, २०८२ | Monday, April 21, 2025

काठमाडौं, ६ चैत २०८१ । धितोपत्र दोस्रो बजारमा नयाँ व्यवस्था लागु भएको छ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से०ले कारोबार सञ्चालन विनियमावली (चौथो संशोधन) गरेसँगै (भोलि) बिहीबारदेखि नयाँ व्यवस्था लागु हुने भएको छ । बुधबार कुनै कम्पनीको सेयर कारोबारको अन्तिम १५ मिनेटको भारित औसत मूल्यलाई अन्तिम मूल्य तोकिने भएको छ ।

हालसम्म अन्तिममा भएको कारोबारलाई नै अन्तिम मूल्य कायम गर्ने व्यवस्था थियो । जसले गर्दा सेयर कारोबारीहरूले आफ्नो सेयरको मूल्य बढाउन १० कित्ता सेयरले मूल्य प्रभावित पार्दै आएका थिए ।

अब भने २ः४५ देखि ३ बजेसम्म हुने कारोबार अवधिको औसत मूल्यलाई आधार मानिने भएको छ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से०का प्रवक्ता मुराहरि पराजुलीका अनुसार २ः४५ देखि ३ बजेको बीचमा भएको कारोबार कित्ता र सेयर मूल्यको औसत निकालेर अन्तिम मूल्य निर्धारण गरिनेछ । “आजको दिनसम्म अन्तिम कारोबार जुन भयो त्यसैलाई अन्तिम मूल्य मानिन्थ्यो,” पराजुलीले बाह्रखरीसित भने, “भोलिदेखि पौने ३ देखि ३ बजेसम्म जति पनि कारोबार हुन्छ, त्यो कारोबार भएको मूल्य र कित्ता कति कित्ता कारोबार भयो, त्यसको औसत निकालेर अन्तिम मूल्य मानिन्छ ।”

यसले अन्तिममा मूल्य बढाउने खेललाई बन्द गर्ने पराजुली बताउँछन् । तर, २ः४५ देखि ३ बजेसम्म कारोबार नहुँने कम्पनीको सेयर मूल्य भने त्यसअघिको अन्तिम मूल्यलाई नै मान्यता दिने पराजुलीले बताए ।

नेपाल धितोपत्र बोर्डले फागुन १५ गते नेप्सेमा यो विनियमावली स्वीकृत गरेर पठाएको थियो । नेप्सेले परीक्षण गर्दा चैत ७ गतेबाट यो नियम लागु गर्न सकिएको पराजुली बताउँछन् ।

 

तपाईको प्रतिक्रिया