झापा, ६ चैत २०८१ । झापाको दमकमा एम्बुलेन्स दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । बुधबार (आज) बिहान अन्दाजी १२ः५५ बजेको समयमा दमक नगरपालिका-५ गोर्खा डिपार्टमेन्ट स्थित पुर्व पश्चिम लोकमार्गमा मनमोहन मेमोरियल सामुदायिक अस्पताल बिर्तामोडबाट बिरामी लिई बिराटनगरतर्फ जाँदै गरेको सोही अस्पतालको प्र१-०१-००२ च ०११५ नम्बरको एम्बुलेन्स सडकको बिचमा रहेको डिभाइडरमा ठोक्किइ दुर्घटना हुँदा एम्बुलेन्समा सवार ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
दुर्घटनामा अर्जुनधारा नगरपालिका-१० बस्ने अन्दाजी २० वर्षिय बिशाल लिम्बूको (ढाडमा चोट, अबस्था सामान्य), सोही ठाउँ बस्ने अन्दाजी १९ वर्षिया आरजु राईको (टाउकोमा चोट, अबस्था गम्भीर), ५१ वर्षिया मिना लिम्बूको (टाउको र दाहिने हातमा चोट, अबस्था मध्यम) ,२१ वर्षिय अन्जेश लिम्बूको (निधार र ढाडमा चोट, अबस्था मध्यम), एम्बुलेन्स चालक बिर्तामोड नगरपालिका-५ बस्ने ३५ वर्षिय कमल अधिकारी( मुख र बाँया तिघ्रामा चोट, अबस्था मध्यम) र अर्जुनधारा नगरपालिका-१० बस्ने २३ वर्षिया बर्षा लिम्बूको (घाँटी र ढाडमा चोट, अबस्था मध्यम) घाइते भएका छन् ।
घाइतेहरुलाई इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीको टोलीले उद्दार गरी निम्स अस्पताल दमकमा सामान्य उपचारपश्चात् बीएण्डसी अस्पताल बिर्तामोड रेफर गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।