Online Bichar
शुक्रबार, चैत्र ०७, २०८१ | Friday, March 21, 2025

झापा, २१ फागुन २०८१ । झापाको शिवसताक्षीमा विद्यालय परिसरमा पार्किङ गरिराखिएका दुईवटा बसमा आगलागी भएको छ।

शिवसताक्षी नगरपालिका वडा नम्बर ११ दुधेको क्याम्ब्रिज अंग्रेजी माध्यमिक विद्यालयको दुईवटा बसमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरीका अनुसार स्थानीयबासी र शिवसताक्षी नगरपालिकाको बारुण यन्त्रले आगलागी नियन्त्रणमा लिएको छ। विद्यार्थीलाई विद्यालयसम्म ल्याउन र विद्यालयबाट घर पुर्याउनका लागि प्रयोग भइरहेका को १ ख २०५० र मे १ ख १८१६ नम्बरका दुईवटा बसमा एकैसाथ आगलागी भएको हो। आगलागीको कारण खुल्न सकेको छैन।

आगलागी भइरहेको स्थानमा पुगेका स्थानीय प्रत्यक्षदर्शीले बसको बीचबाट आगो लागेको देखेको बताएका छन्। बसको अग्रभाग सुरक्षित छ। विद्यार्थी बस्ने सिट मात्र आगोले जलेर नष्ट भएको स्थानीय प्रत्यक्षदर्शीले बताए ।

स्थानीयका अनुसार विद्युत र विद्यालय परिसरमा पार्किङ गरिएका बस १० मिटर दूरीमा छ। विद्युत सर्ट भएर आगलागी हुने संभावना न्यून रहेको स्थानीयले बताए ।

घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। एकैपटक दुईवटा बसमा आगलागी हुनु आश्चर्य भएको प्रहरीले बताएको छ । घटनाको सूक्ष्म अध्ययन गरेर यथार्थ बाहिर ल्याउने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।सो विद्यालय प्याव्सन शिवसताक्षी नगरका अध्यक्ष राम सुहाङको एकल स्वामित्वमा छ।

 

तपाईको प्रतिक्रिया