झापा, २४ माघ २०८१ । झापामा मोटरसाइकल दुर्घटनामा परी युवकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहीबार दिउँसो १२ बजे कनकाई नगरपालिका-१ स्थित विमल चौतारामा दुर्गापुर-खुदुनाबारी जाने भित्री सडक खण्डमा दुर्गापुरबाट खुदुनाबारी तर्फ जाँदै गरेको मे १० प २६२४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो।
दुर्घटनामा परी मोटरसाइकल चालक बिर्तामोड नगरपालिका-५ का अन्दाजी २८ वर्षीय सिद्धार्थ साह र मोटरसाइकलको पछाडि सवार सोही ठाउँका २४ वर्षीय सुमित साह घाइते भएका थिए।
घाइतेहरू तत्काल उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाएकोमा सुमितको सोही अस्पतालमा उपचारका क्रममा साँझ ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको जनाइएको छ।