Online Bichar
बिहिबार, चैत्र ०६, २०८१ | Thursday, March 20, 2025

झापा, २३ माघ २०८१ । प्याराग्लाइडिङ दुर्घटनामा एक जापानी नागरिकको मृत्यु भएको छ । उदयपुरको बेलका नगरपालिकास्थित सोमबारे भन्ने ठाउँमा प्याराग्लाइडिङ गर्दा अनियन्त्रित भई दुर्घटना हुँदा जापानी नागरिक ७२ वर्षीय काजी ताकासी घाइते भएका थिए ।

छाती र नाकबाट रगत बगेका ताकासीको आज साँझ करिब ५ः२० बजेतिर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इमर्जेन्सी वार्डमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया