Online Bichar
सोमबार, मंसिर ०२, २०८२ | Monday, November 17, 2025

झापा, २० कार्तिक २०८१ । झापाको दमकमा एक व्यक्तिमाथि छुरा प्रहार भएको छ । हिजो दिउँसो १२ः५० बजे दमक ६ नमुना मार्ग बस्ने अस्तव आलमले संचालन गरेको नमुना सटिङ सुटिङ टेलर्समा काम गर्ने दमक नगरपालिका-७ बस्ने २७ वर्षीय सोनु अहमदलाई धरान ३ बस्ने २९ वर्षीय एजात अहमदले छुरा हानेका हुन् । लेनदेनको बिषयलाई लिएर विवाद हुँदा अहमदले धारिलो हतियार सोनुको पेटको बाँयापट्टी प्रहार गरी घाईते बनाएका थिए । घाइतेलाई लाईफ लाईन अस्पताल दमकमा सामान्य उपचारपश्चात थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएकोमा त्यहाँ उपचार संभव नभएपछि धरान लगिएको छ ।

छुरा प्रहार गर्ने एजात अहमद तत्काल प्रदेश न।१–०२–०४५ प ६३१९ नम्बरको स्कुटीमा चढेर भाग्दै गर्दा दमक नगरपालिका-६ गणतन्त्र चोकमा आफै अनियन्त्रित भई दुर्घटना भएका छन् । बाँया खुट्टामा चोट लागेका एजातको निम्स अस्पताल दमकमा प्रहरीको निगरानीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया