Online Bichar
सोमबार, बैशाख २८, २०८३ | Monday, May 11, 2026

काठमाडौँ, १ भदौ २०८१ । नेपाल विद्युत प्राधिकरणका ज्यालादारी कर्मचारीले पनि दसैं भत्ता पाउने भएका छन्।

उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खडकाले प्राधिकरणको ३९ औं वार्षिकोत्सवको अवसरमा यस्तो घोषणा गरेका हुन्।

प्राधिकरणमा करिब दुई हजार ८०० जना ज्यालादारी कर्मचारी छ्न्।

त्यसैगरी, घरभाडाबापत कर्मचारीले पाउने रकम पनि बढाइने मन्त्री खड्काले घोषणा गरेका छन्।

प्राधिकरणका कर्मचारीहरूले पाउँदै आएको घर भाडामा मासिक दुई हजार रूपैयाँ बढाइएको पनि उनले बताए।

तपाईको प्रतिक्रिया