Online Bichar
मंगलबार, कार्तिक २६, २०८२ | Tuesday, November 11, 2025

झापा, २३ साउन २०८१ । झापाको बिर्तामोड नगरपालिका-७ डाडागाउँमा अजिङ्गर फेला परेको छ । स्थानीय रत्न कार्कीको स्टोर रुममा अजिङ्गर भेटिएको हो ।

अस्थायी प्रहरी चौकी गरामनी र डिभिजन वन कार्यालय भद्रपुरको टोलीले उद्धार गरी अन्दाजी १० केजी तौल र करिब २ मिटर लम्बाइको सो अजिङ्गरलाई सुन्दर निचाझोडा सिमसारमा लगेर छोडिएको डिभिजन वन कार्यालयकी सूचना अधिकारी अन्जना पुरीले जानकारी दिइन् ।

 

 

तपाईको प्रतिक्रिया