Online Bichar
सोमबार, भाद्र २४, २०८१ | Monday, September 9, 2024

काठमाडौँ, २० साउन २०८१ । अमेरिकी डलरको भाउ बढ्ने क्रममा रहेको छ। आइतबार डलर हालसम्मकै महँगो भएको छ।

आइतबारको लागि एक अमेरिकी डलरको खरिददर १३३ रूपैयाँ ७१ पैसा र बिक्रीदर १३४ रूपैयाँ ३१ पैसा तोकिएको छ। यो मूल्य हालसम्मकै उच्च हो।

यसअघि गत आइतबार डलरको भाउ १३४ रूपैयाँ २७ पैसा पुगेर नयाँ रेकर्ड बनाएको थियो। पछिल्लो रेकर्डभन्दा आजको मूल्य ४ पैसा बढी हो।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार युरोपियन युरो एकको खरिदमा भने १४४ रूपैयाँ ८८ पैसा र बिक्रीमा १४५ रूपैयाँ ५३ पैसा पाइन्छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७० रूपैयाँ ४६ पैसा र बिक्रीदर १७१ रूपैयाँ २३ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रूपैयाँ १० पैसा र बिक्रीमा ८७ रूपैयाँ ४९ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रूपैयाँ ३२ पैसा र बिक्रीमा ९६ रूपैयाँ ७५ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ६६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ८३ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ६३ पैसा र बिक्रीदर ३५ रूपैयाँ ७९ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ४० पैसा र बिक्रीमा ३६ रूपैयाँ ५७ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार २९ रूपैयाँ ७३ पैसा र बिक्रीमा २९ रूपैयाँ ८६ पैसा पाइन्छ।

आइतबार कुवेती दिनार एकको खरिदमा ४३७ रूपैयाँ ७९ पैसा र बिक्रीमा ४३९ रूपैयाँ ७६ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५४ रूपैयाँ ७२ पैसा र बिक्रीदर ३५६ रूपैयाँ ३१ पैसा तोकिएको छ।

तपाईको प्रतिक्रिया