काठमाडौं, १८ साउन २०८१ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा-१२ को परीक्षामा १२२ जनाको परीक्षा रद्द गरेको जनाएको छ। आज (शुक्रबार) बसेको बोर्ड बैठकले सार्वजनिक गरेको नतिजामा उक्त संख्यको परीक्षा रद्द गरिएको उल्लेख छ।
त्यस्तै,बोर्डले परीक्षामा १२ हजार ६ सय ७२ जना सबै विषयको परीक्षामा अनुपस्थित रहेको जनाएको छ। गत वैशाख १४ गतेबाट सञ्चालित कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी थिए।
परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माका अनुसार परीक्षामा करिब ५३ प्रतिशत (५२.९१ प्रतिशत) उत्तीर्ण भएका छन्।