Online Bichar
सोमबार, आश्विन ०५, २०८३ | Monday, September 21, 2026

झापा, १० साउन २०८१ । झापाको कचनकवलमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बुधबार अन्दाजी १० बजेको समयमा कचनकवल गाउँपलिका-४ केचना वस्ने ललन साह को छोरा १५ वर्षिय बिशाल साहको करेन्ट लागेर मृत्यु भएको हो ।

खानेपानी धाराबाट आउने क्रममा आफ्नो घरको टिनको छानो भएको बराण्डामा के-कुन कारणले विद्युत प्रवाह हुँदा शाह करेन्ट लागेर अचेत अवस्थामा रहेको बुबाले देखेर तत्काल उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र बनियानि लगेकोमा डाक्टरले चेकजाँच गर्दा उनको मृत्यु भइसकेको भन्ने जानकारी गराएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया