Online Bichar
आइतबार, जेठ १७, २०८३ | Sunday, May 31, 2026

काठ्माडौं, ११ जेठ २०८१ । वन तथा वातावरण मन्त्रालयका एक कर्मचारी भक्तपुरमा मृत फेला परेका छन्।

बिहीबार बिहान करिब १० बजेतिर भक्तपुरको लोकन्थलीस्थित एक घरमा नवीनकुमार पोखरेल मृत अवस्थामा भेटिएका हुन्।

पोखरेल मृत फेला परेको प्रहरी वृत्त ठिमीका डिएसपी प्रेमसागर केसीले बताए। पोखरेल झुण्डिएको अवस्थामा फेला परेको उनले बताए।

उनी सिनियर डिभिजनल इन्जिनियर रहेको उनको भनाइ छ। पछिल्लो समय उनी वन तथा वातावरण मन्त्रालय अन्तर्गत कार्यरत थिए।
उनीबाट प्रहरीले सुसाइड नोट फेला पारेको छ। जसमा आफ्नै कारणले झुण्डिएको उल्लेख रहेको प्रहरीको भनाइ छ। शव केएमसी अस्पतालमा पोष्टमर्टम गरी परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया