Online Bichar
सोमबार, बैशाख २४, २०८१ | Monday, May 6, 2024

सङ्खुवासभा, १२ वैशाख २०८१ । स्थानीय महिलालाई बाटो छेकर अभद्र व्यवहार गर्न खोजेको अभियोगमा प्रहरीले एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सभापोखरी गाउँपालिका वडा नम्बर-२ हुत्तिखिम बस्ने वर्ष अन्दाजी २३ को जीवन भन्ने युवराज कार्की रहेका छन् ।

कार्कीले लंखुवा खोलाको झोलुङ्गे पुलमा महिलाको बाटो छेकेर हातपात गर्न खोजेका थिए । बाह्रबिसे प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले कार्कीलाई पक्राउ गरेको थियो । उनीमाथि मुलुकी अपराध संहिता, २०७४ बमोजिम अभद्र व्यवहार मुद्दामा म्याद थप भई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ।

 

तपाईको प्रतिक्रिया