Online Bichar
सोमबार, बैशाख २४, २०८१ | Monday, May 6, 2024

काठमाडौं, १२ वैशाख २०८१ । महोत्तरीको मटिहानीमा भीषण आगलागी भएको छ। मटिहानी-६ स्थित जर्लाहावा गाछी गाउँमा भीषण आगलागी भएको छ। स्थानीयबासीका अनुसार करिब सय वटा घरमा आगो लागेको छ।

महोत्तरीका सहाय सिडिओ उपेन्द्र न्यौपानले सय घर बढीमा आगलागी भएको पुष्टि गरे। नेपाल र भारतका गरी करिब एक दर्जन बढी दमकलले आगो निभाउने प्रयास गरिरहेका छन्। प्रशासनले पानी ट्यांकीमार्फत पनि आगो निभाउने प्रयास गरेको छ।

सहायक सिडिओ न्यौपानेका अनुसार प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासी आगो निभाउने प्रयास गरेका छन्।

‘चौतर्फ हावा चलेका कारण आगलागी नियन्त्रमा आउन सकेको छैन। आगो निभाउने प्रयास जारी छ,’उनले भने। उनले फुसको घर र परालको कुन्युमा सल्केर आगो फैलिएको प्रहरीले जानकारी दिएको छ।

 

तपाईको प्रतिक्रिया