Online Bichar
शनिबार, बैशाख २२, २०८१ | Saturday, May 4, 2024

झापा, ११ वैशाख २०८१ । झापाको दमकबाट लागुऔषध ब्राउन सुगरसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ उर्लाबारी नगरपालिका-९ घर भई दमक नगरपालिका-९ क्याम्पस मोड स्थितमा डेरा गरी बस्ने २४ वर्षिय सुजन दाहाल र २६ वर्षिय भिष्म कडेल रहेका छन् ।

मंगलबार(आज)अन्दाजि ६ बजेको समयमा विशेष सूचनाको आधारमा सुजन दाहाल बसेको कोठामा इलाका प्रहरी कार्यालयबाट खटिएको टोलिले साना ठुला गरी प्लाष्टिकको पोका पारेको ७० पोका लागु औषध ब्राउन सुगर ८ ग्राम ५० मिलिग्राम फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यस्तै, उनिहरुको साथबाट नगद २ हजार, एन्ड्रोईड मोबाईल १थान, कि प्याड मोबाईल २ थान फेला पारीएको जनाइएको छ । सामान सहित निज दुई जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा ल्याई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया