Online Bichar
शनिबार, बैशाख २२, २०८१ | Saturday, May 4, 2024

विराटनगर, १० वैशाख २०८१ । मोरङको सुन्दरहरैँचामा बाबुले तरकारी पकाउने कराहीले प्रहार गर्दा छोरीको दाँत भाँचिएको छ। प्रहरीका अनुसार सुन्दरहरैँचा नगरपालिका–८ सलकपुरका ४० वर्षीय तेजबहादुर झाँगडले आइतबार राति ९ बजेतिर कराहीले हानेर छोरी १८ वर्षीया नम्रता झाँगडको दाँत भाँचिदिएका हुन्।

खाना पकाउनभन्दा नमानेपछि तेजबहादुरले कराहीले छोरीको मुखमा हानेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। कराहीले लागेर नम्रताको अगाडिको दाँत भाँचिएको छ।

गालासमेत सुन्निएको छ। घाइते अवस्थाकी उनलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको छ। प्रहरीका अनुसार अवस्था मध्यम छ। छोरीलाई कराहीले हान्ने बाबु तेजबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।अन्नपूर्णपोष्टबाट

 

तपाईको प्रतिक्रिया