Online Bichar
बिहिबार, बैशाख २०, २०८१ | Thursday, May 2, 2024

काठ्माडौं, ७ वैशाख २०८१ । डिशहोम डिटिएचका ग्राहकहरूले अब जति रकम रिचार्ज गर्छन् उतिनै रकम बोनस स्वरुप प्राप्त गर्न सक्नेछन्। ग्राहकहरूले नजिकैको डिलर दाईकोमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्तीमार्फत् रिचार्ज गर्न सक्नेछन्।

३६५ दिनदेखि रिचार्ज नगरेको गाहकहरूलाई लक्षित गरी कम्पनीले यो योजना ल्याएको बताएको छ। यस योजना अन्तर्गत ग्राहकले जति पैसाको रिचार्ज गर्छन् उति पैसा बोनस स्वरुप पाउनेछन्। यदी ग्राहकले ४०० रूपैयाँको रिचार्ज गर्दा ४०० रूपैयाँ नै बोनस प्राप्त गर्नेछन्।

यो योजना सीमित अवधिको लागि मात्र लागू गरिएको कम्पनीले बताएको छ।

यस्तै नियमित रिचार्ज गरिरहेका ग्राहकहरूले भने १ वर्षको रिचार्ज गर्दा थप १२ महिनासम्म निःशुल्क डिशहोम हेर्ने पक्का मौका पाउनेछन्।

डिशहोम डिटिएचका नियमित ग्राहकहरूले नजिकैको डिलर दाईकोमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आइएमई पे, खल्तीमार्फत् वार्षिक रिचार्ज गरेर यो अफरमा सहभागी हुन पाउनेछन्।

तपाईको प्रतिक्रिया