Online Bichar
बिहिबार, बैशाख २०, २०८१ | Thursday, May 2, 2024

काठ्माडौं, ६ वैशाख २०८१ । रूपन्देहीमा छोरीको हत्या आरोपमा बुबा पक्राउ परेका छन्। कंचन गाउँपालिका-५ बर्गदवा बस्ने ४८ वर्षीय नारायणबहादुर घर्ती क्षेत्री पक्राउ परेका हुन्।

उनलाई १७ वर्षीया अञ्जली घर्ती क्षेत्री (छोरी) को हत्या आरोपमा बिहीबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी उपरीक्षक (एसपी) रञ्जितसिंह राठौरले जानकारी दिए।

नारायणले प्रहरीलाई दिएको बयान अनुसार पारिवारिक घर झगडाका कारणले ती किशोरी घर छोडेर हिडेँकी थिइन्।

खोजतलास गर्ने क्रममा बुटवल उपमहानगरपालिका-४ लुम्बिनीस्थित मालिका होटल एण्ड लजमा फेला परेपछि घर जान नमानेपछि आवेगमा फलामको रडले हानेर हत्या गरेको एसपी राठौरले बताए।

किशोरीको मृत्यु पश्चात उनका बुबालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ।

 

तपाईको प्रतिक्रिया