Online Bichar
सोमबार, बैशाख १७, २०८१ | Monday, April 29, 2024

रौतहट, २१ चैत २०८० । माध्यमिक शिक्षा परीक्षा ९एसईई०मा चिट चोराएको आरोपमा प्रधानाध्यापक र परीक्षा निरीक्षक पक्राउ परेका छन्। पिपरा परीक्षा केन्द्रमा परीक्षा निरीक्षकका रुपमा खटिएका श्री मावि पथराका प्रधानाध्यापक उतिचन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो।

यसैगरी २२ वर्षीय ललन राय यादव, श्रीनि पथरा बुधराम परीक्षा केन्द्रमा परीक्षा निरीक्षकका रुपमा खटिएका ४८ वर्षीय राम अमोद प्रसाद यादव, शंकर मावि सरमुजवा परीक्षा केन्द्रमा परीक्षा निरीक्षकका रुपमा खटिएका ४४ वर्षीय अबधलाल राम र २५ वर्षीय राकेश कुमार यादवसहित सरस्वती माविपिपरा परीक्षा केन्द्रमा अनुमति विना प्रवेश गरेका राम सोगारथ साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाका बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहट सूचना अधिकारी डीएसपी एलिजा गिरीले जानकारी दिइन्।अन्नपूर्णपोष्टबाट

 

तपाईको प्रतिक्रिया