Online Bichar
शुक्रबार, बैशाख २१, २०८१ | Friday, May 3, 2024

काठमाडौं, २१ चैत २०८० । सेयर बजार निरन्तर ओरालो लाग्ने क्रम जारी । कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक ३.४३ अंकले घटेर २००६.७८ विन्दुमा कायम भएको हो। सेन्सेटिभ इण्डेक्स ०.१२ प्रतिशतले घटेर ३५५.७७ विन्दुमा अडिएको हो।

यसअघि पहिलो कारोबार दिन आइतबारदेखि ओरालो लागेको नेप्से परिसूचक आजपनि सोही बाटोलाई निरन्तरता दिएको हो।

आइतबार १७.३० अंकले घटेको नेप्से सोमबार ६.२६ र मंगलबार १.८५ अंकले घटेको थियो। यसदिन ३२२ स्क्रिप्सको ६४ लाख ८१ हजार ८३४ कित्ता सेयर २ अर्ब ५३ करोड ६२ लाख ३३ हजार ९८६ रुपैयाँमा खरिदबिक्री भयो। कारोबार रकम भने मंगलबारको तुलनामा बढेको छ। अघिल्लो कारोबार दिन २ अर्ब २९ करोड मूल्यको सेयर कारोबार भएको थियो।

सामान्य अंकले घटेको बजारमा एउटा मात्रै कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। गुराँस लघुवित्त वित्तीयको सेयर १० प्रतिशतले बढेको हो। विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९७ प्रतिशतले बढ्दा मानुषी लघुवित्त वित्तीयको ९.९१,गणपति लघुवित्त वित्तीयको ८.३९ र सृजनशील लघुवित्त वित्तीयको ७.६९ प्रतिशतले बढ्यो।

कारोबार रकमका आधारमा सूर्यज्योति लाइफ इन्स्योरेन्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको २५ करोड मूल्य बढीको सेयर कारोबार भयो। यसैगरी सर्वोत्तम सिमेन्टको १२ करोड,गोर्खाज फाइनान्सको ११ करोड,शिवम् सिमेन्टको ९ करोड र सोनापुरको ५ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

तीन समूहको उपसूचकबाहेक अन्यको सूचक नकारात्मक देखिएका छन्। कारोबारमा आएका १०३ स्क्रिप्सको मूल्य बढ्दा १३२ वटाको घट्यो ।

तपाईको प्रतिक्रिया