Online Bichar
शुक्रबार, बैशाख २१, २०८१ | Friday, May 3, 2024

झापा, २१ चैत २०८० । गौरादह ५ मा रहेका तीन वटा सहकारी संस्थामा चोरी भएको छ । स्कुलचौन बजारमा रहेको जनहित सहकारी, महारानी झोडा बचत तथा ऋण सहकारीको चप्रामारी सेवा केन्द्र तथा चप्रामारी कै साना किसान सहकारी संस्थाको कार्यालय तोडफोड गरि नगद चोरी भएको पाइएको हो ।

स्कुलचौनको जनहित सहकारीबाट झण्डै ७ लाखको हाराहारीमा सेफमा राखिएको नगद चोरी भएको हुनसक्ने अध्यक्ष योगेस आचार्यले जानकारी गराएका छ्न् ।

‘ठ्याक्कै कति हो भन्न सकिएन । हिसाब हेरेपछि थाहा हुन्छ ।’ अध्यक्ष आचार्यले भने ।

त्यस्तै चप्रामारीको महारानीझोडा सेवा केन्द्रबाट ८५ हजार र सानाकिसान बाट ५४ हजार चोरी भएको प्रारम्भिक अनुमान छ ।

घटना घटेको खबर थाहा पाएपछि नगरप्रमुख छत्रपति सुवेदी, महारानी झोडा सहकारीका अध्यक्ष मित्रदेव काफ्ले लगायतको टोलिले घटनास्थलको निरिक्षण गरेका छन् ।

जनहित सहकारी स्कुलचौनको मध्य बजार भित्रै पर्छ । मुख्य ढोकाको चेनगेटमा हालिएको एउटा ताला नजिकै रहेको फोहोरको डस्बिनमा भेटिएको छ भने माथिल्लो तलाको ताला पनि तोडिएको अवस्थामा भेटिएको छ । सेफ फुटाएको छ । कागजपत्रहरु यत्रतत्र छरिएको देखिन्छ । महारानीझोडाको सेवा केन्द्रमा कार्यालय भित्र सिसि क्यामेरा छ तर सुरक्षित चोरी गर्नकै लागि क्यामेरालाई अर्को पट्टि फर्काइएको हुनसक्ने देखिन्छ ।

जनहितको कार्यमा सिसिक्यामेरा जडान गरिएको छैन भने वडा कार्यालयले सार्वजनिक क्षेत्रमा सिसिक्यामेरा जडान गरेको देखिदैन ।

साना किसान सहकारी छेउमै दक्षिण पट्टि निर्माण भइरहेको घरबाट प्रवेश गरेर मुख्य चेनगेट फुटाइ चोरी गरेको हुन सक्ने स्थानीयको आशंका छ । कार्यालय भित्र राखिएको सोफामा जुत्ताको छाप प्रष्टरुमा देखिन्छ । बलियो अनुसन्धान गर्ने हो भने चोरी गर्ने गिरोह पत्ता लगाउन सकिने चप्रामारीका स्थानीय बताउछन् ।

घटना घटेको जानकारी पाएपछि जनहित सहकारीमा एकजना प्रहरी तैनाथ रहेको पाइएको छ तर चप्रामारीमा भने बिहान ७ बज्दा सम्म प्रहरी आइनपुगेको स्थानीयले गुनासो गरेका छन् । एकै रात तीन वटा सहकारीमा चोरी भएपछि स्थानीयहरु त्रसित बनेका छन् ।

सहकारीमा चोरीका घटना भने नौला होइनन् । गतमहिना मात्र शुभलक्ष्मी सहकारीको बैगुन्धुरा स्थित सेवा केन्द्रमा चोरी भएको थियो भने चप्रामारीको साना किसान महिला सहकारी संस्थामा आज रात भएको चोरीको घटना दोश्रो हो । केहि वर्ष अगाडि उक्त संस्थाका ल्यापटप र नगद चोरी भएको थियो । उचित अनुसन्धान नहुदा उक्त घटना समयकाल सँगै लोप भएको थियोे ।पर्दाफाशबाट

 

तपाईको प्रतिक्रिया