Online Bichar
शुक्रबार, जेठ २९, २०८३ | Friday, June 12, 2026

धनगढी, १३ चैत २०८० । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी आरती हमाल सम्पर्कविहीन भएकी छन्। भारतको गोवामा बस्दै आएकी उनी सोमबादेखि बेपत्ता भएको मेयर हमालले जानकारी गराएका छन्।

उनी भारतको जोरबा वाइब आस्बिन ब्रीजबाट सम्पर्कविहीन भएको मेयर हमालले बताएका छन् । छोरी बेपत्ता भएपछि मेयर हमालले खोजिका लागि आग्रह गरेका छन्। आरती ओशो साधन हुन्। उनी केही महिनादेखि ओशो ध्यान गर्न गोवा बस्दै आएकी थिइन्।

‘मेरी जेठो छोरी आरती ओशो साधक हुन्। उनी केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएकी थिइन । हिजोदेखि जोरबा वाईब आस्बिन ब्रीजबाट सम्पर्कबिहीन भएको उनको साथीबाट खबर आएकाले गोवा बस्नु हुने शुभचिन्तक दाजुभाइ, दिदिबहिनीहरूले खोजी कार्यमा सहयोग गरिदिन हुन विनम्र अपिल गर्दछु,’उनले सामाजिक सञ्जालमा लेखेका छन्।

तपाईको प्रतिक्रिया