Online Bichar
बुधबार, बैशाख १७, २०८२ | Wednesday, April 30, 2025

काठमाडौं, ९ चैत २०८० । बजारमा सुनको मूल्य आज घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला एक हजार तीन सयले घटेको हो।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख २७ हजार आठ सयले कारोबार भएको थियो। आज एक लाख २६ हजार पाँच सय मूल्य कायम गरिएको छ। यस्तै तेजाबी सुन बिहीबार प्रतितोला एक लाख २७ हजार दुई सयमा कारोबार भएकोमा आज एक लाख २५ हजार नौ सय मूल्य कायम गरिएको हो।

चाँदीको मूल्य पनि घटेको छ। बिहीबार प्रतितोला एक हजार पाँच सय ५५ मा कारोबार भएकोमा आज प्रतितोला एक हजार पाँच सय कायम गरिएको छ।

तपाईको प्रतिक्रिया