Online Bichar
बुधबार, बैशाख १९, २०८१ | Wednesday, May 1, 2024

काठमाडौं, ८ चैत २०८० । सुनको मूल्यले आज नयाँ रेकर्ड कायम गरेको छ। आज एकै दिन सुनको मूल्य प्रतितोला २ हजार ६ सयले वृद्धि भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २७ हजार ८ सयमा कारोबार भइरहेको छ। त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला १ लाख २७ हजार २ सय कायम भएको छ।

बुधबार छापावल सुन प्रतितोला १ लाख २५ हजार २ सयमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि बढेर हालसम्मकै उच्च भएको छ । चाँदी आज प्रतितोला १ हजार ५ सय ५५ मा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रति तोला १ हजार ५२० रुपैयाँमा कारोबार भएको थियो।

 

तपाईको प्रतिक्रिया