Online Bichar
सोमबार, बैशाख २८, २०८३ | Monday, May 11, 2026

काठमाडौं, २७ फागुन २०८० । साताको पहिलो सेयर कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से २२.१० अंकले बढेर २०५२.६५ विन्दुमा कायम भएको हो। सेन्सेटिभ इण्ड‍ेक्स १.१८ प्रतिशतले बढेर ३६४.५३ विन्दुमा अडिएको छ। यसदिन ३०४ कम्पनीको ७० लाख ४३ हजार ४५७ कित्ता सेयर २ अर्ब ९२ करोड २७ लाख ७१ हजार ५५८ रुपैयाँमा खरिदबिक्री भए। दोहोरो अंकले बढेको बजारमा दुईवटा कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

विन नेपाल लघुवित्त वित्तीय संस्था र जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेको हो। आज चिरख्वा हाइड्रो पावरका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर ७ प्रतिशत बढिले घट्यो।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्षस्थानमा रहयो। सो कम्पनीको २२ करोड मूल्य बढिको सेयर कारोबार भयो।यसैगरी सोनापुरको १८ करोड,जोशी हाइड्रोपावर र हाथवेको ७/७ करोड बराबरको सेयर कारोबार भयो।

कारोबारमा आएकामध्ये १९४ कम्पनीको मूल्य बढ्दा ४६ वटाको मूल्य घट्यो। यसदिन हाइड्रोपावरबाहेक अन्य समूहको सूचक सकात्मक देखिएका छन्। माइक्रोफाइनान्स उपसमूहको सूचक सर्वाधिक ४ दशमलव २१ प्रतिशतले बढ्यो।

 

तपाईको प्रतिक्रिया