Online Bichar
सोमबार, बैशाख २८, २०८३ | Monday, May 11, 2026

झापा, २७ फागुन २०८० । नेपाली बजारमा सुनको भाउमा दिनानुदिन रेकर्ड कायम गरिरहेको छ। गत मंगलबारदेखि नयाँ रेकर्ड बनाउँदै आएको सुनको भाउले आइतबार पुनः रेकर्ड कायम गरेको हो। आज सुनको भाउ प्रतितोला एक हजार रुपैयाँ बढेको छ। आज बढेसँगै प्रतितोला छापावाला सुन १ लाख २६ हजार रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाला सुनको भाउ प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन १ लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार तेजावी सुन १ लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको छ।

अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार १७८ दशमलव ०८ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २४ दशमलव ३१ डलरमा कारोबार भइरहेको छ।

 

तपाईको प्रतिक्रिया