Online Bichar
सोमबार, बैशाख २८, २०८३ | Monday, May 11, 2026

बिर्तामोड, २८ माघ २०८० । बिर्तामोड नगरपालिकाले दोस्रो नगर सभाको चौथो अधिवेशनबाट दुई वटा विधेयक सहित विभिन्न प्रस्ताव पास गरेको छ । आइतबार वडा नम्बर ७ स्थित शहिद नेत्र पार्कमा आयोजित नगर सभामा दुई वटा विधेयक सहित ७ वटा प्रस्ताव पास गरेको हो ।

पास भएका विधेयकहरूमा फोहोरमैला व्यवस्थापन विधेयक २०८० र आर्थिक ऐन २०८० दोस्रो संशोधन गर्ने विधेयक २०८० रहेका छन् । यो विधेयक विधायक समिति संयोजक शर्मिला राजवंशीले सभामा पेस गरेकी थिइन् । यस्तै नगर सभाको सभाध्यक्ष नगर प्रमुख पवित्रा महतारा प्रसाईँले पेस गरेका ४ वटा र नगर उप प्रमुख नगेन्द्र प्रसाद सङ्ग्रौलाले पेस गरेका ३ वटा प्रस्ताव सर्वसम्मत पास भएका छन् ।

नगर प्रमुख प्रसाईँले पेस गरेका स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २२ अनुसार सुशासन समिति र विधायन समिति गठन गर्ने, नगर भित्रका सडकहरूमा प्रयोग गरिने पेवर्स ब्लकको गुणस्तरीयता कायम गर्न नेपाल गुणस्तर चिन्ह ल्क् प्राप्त पेवर्स ब्लक मात्र प्रयोग गर्ने, नगरपालिका क्षेत्रभित्र विगतमा पेवर्स जडान गरी निर्माण गरिएका १सय मिटर भन्दा कमका अधुरा सडकहरूलाई सम्बन्धित वडाको आगामी वर्षको सिलिङबाट ५० प्रतिशत र नगरपालिकाबाट ५० प्रतिशत लागत व्यहोर्ने र डिपिआर पास भएर प्रक्रियाको चरणमा रहेको देवीहाट बुधबारे बजारमा बहुतले पार्किङ सहितको देवी कम्प्लेक्स निर्माणका लागि नगर विकास कोषमा ऋण र अनुदान माग गर्ने प्रस्ताव पास भएको हो ।

यस्तै उप प्रमुख नगेन्द्र प्रसाद सङ्ग्रौलाले पेस गरेका आ।ब ०८०र८१ का लागि स्वीकृत योजना तथा कार्यक्रममा केही संशोधन तथा रकमान्तर गर्ने, विभिन्न मितिमा कार्यपालिका तथा नगर प्रमुखबाट निर्णय भई कार्यान्वयन भएका र उल्लेखित योजना तथा कार्यक्रम अनुमोदन गर्ने र स्वीकृत बजेट अनुसार लक्षित वर्गमा विनियोजित बजेटबाट सञ्चालन गरिने योजना तथा कार्यक्रम स्वीकृत गर्ने सम्बन्धी प्रस्ताव पास भएको हो ।

प्रस्तावहरू माथि छलफलका क्रममा वडा सदस्यहरू टेकबहादुर अधिकारी, ओमभक्त सेडाई, अग्निप्रसाद सिटौला र हेमलता विश्वकर्माले सुझाव राखेका थिए । नगर उप प्रमुख नगेन्द्र प्रसाद सङ्ग्रौलाले सभामा अर्धवार्षिक समीक्षासँगै पौष मसान्तसम्मको आम्दानी र खर्च पेस गरेका थिए ।

समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान, समपूरक अनुदान, राजश्व बाँडफाँड आन्तरिक स्रोत (समेत), घरजग्गा रजिस्ट्रेसन ९मालपोत० गरी जम्मा ५४ करोड, १२ लाख ७२ हजार ८ सय ६ रुपैयाँ ४५ पेसा आम्दानी भएको छ । यस्तै चालु र पुँजीगत खर्च गरी कुल ३५ करोड ३८ लाख ७२ हजार ६ सय ८३ रुपैयाँ २९ पैसा खर्च भएको जनाइएको छ ।

कोशी प्रदेश सभा सदस्य पूर्व भौतिक पूर्वाधार विकास मन्त्री एकराज कार्कीको प्रमुख आतिथ्यमा आयोजित नगर सभामा प्रतिनिधिसभा सदस्य हर्कमाया विश्वकर्मा, जिल्ला समन्वय समिति उप प्रमुख शान्ता रोक्काको आतिथ्य रहेको थियो ।

 

तपाईको प्रतिक्रिया