Online Bichar
आइतबार, जेठ १७, २०८३ | Sunday, May 31, 2026

इलाम, २३ माघ २०८० । इलाम नगरपालिकाले कृषि ऐन निर्माण गरेको छ। स्थापनाको ६५ वर्षपछि कृषि ऐन पारित गरेको हो।

इलाम नगरपालिकाको १४ औं नगरसभाले ऐन पारित गरेको इलाम नगरपालिकाकी उपप्रमुख विष्णु कुमारी लिम्बु (दहाल)ले जानकारी दिइन्। उनले नगर सभाले पारित गरेको ऐन तत्काल कार्यान्वयनमा ल्याउने बताइन्। उनले भनिन् ‘ऐन बनेपछि किसानको पहिचान गर्न किसानलाई वर्गीकरण सहितको किसान परिचयपत्र दिन समेत बाटो खुलेको छ।’

ऐनले किसानलाई न्यायोचित अवसर प्रदान गर्न समेत सहयोग गर्ने उनको भनाइ छ। उनले आगामी नगर सभाबाट कृषि नीति समेत ल्याउने बताइन्। इलाम नगरपालिकासँगै कोशी प्रदेशमा कृषि ऐन जारी गर्ने जिल्ला सात पुगेका छन्।

यस अघि कोशी उदयपुरको वेलका नगरपालिका र कटारी नगरपालिका, इलामको सन्दकपुर गाउँपालिका, झापाको कनकाई नगरपालिका, ओखलढुंगाको सिद्धिचरण नगरपालिका र सुनकोशी गाउँपालिकामा कृषि ऐन बनेको छ।अन्नपूर्णपोष्टबाट

तपाईको प्रतिक्रिया