झापा, २३ माघ २०८० । झापामा चोरी मुद्दाको १ जना फरार प्रतीवादीलाई प्रहरीले पक्राउ गरेको छ । झापा हल्दिबारी गाउँपालिका वडा नं.२ बस्ने २२ वर्षिय काले भन्ने महेश राजबंशीलाई झापा प्रहरीले मंगलबार(आज)पक्राउ गरेको हो ।
झापा जिल्ला अदालतको २०८० भदौ २५ गतेको फैसला अनुसार चोरी मुद्दामा ३ महिना कैद र ७ हजार जरिवाना तथा पिडित राहत कोषमा २ सय ८० रुपैयाँ दाखिला गर्नुपर्ने फैसला भएकोमा राजवंशी फरार रहेका थिए । झापाबाट फैसला कार्यन्वयनको लागी खटिएको प्रहरी टोलीले आज पक्राउ गरी फैसला कार्यन्वयनको निमित्त जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । अदालतको आदेशले कैद भुक्तानको लागी कारागार कार्यालय झापा पठाइएको प्रहरीले जनाएको छ ।