झापा, २३ माघ २०८० । झापामा हुडी(जम्पर) भित्र लुकाई छिपाई ल्याउँदै गरेको लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा शिवसताक्षी नगरपालिका-५ का २३ वर्षिय शायद बोहोरा रहेका छन् ।
मंगलबार(आज)दिउँसो अन्दाजी ४ः३० बजेको समयमा मेचिनगर नगरपालिका-६ स्थित पुरानो मेचीपुलमा लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपाल तर्फ पैदल आउदै गरेको बोहोरालाई चेक जाँच गर्ने क्रममा उनले लगाएको हुडी भित्र लुकाइ छिपाई ल्याउँदै गरेको ६ ग्राम खैरोे हेरोईन फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त प्रवक्ता तथा प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिनुभयो । बोहोरालाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय काकरभिट्टामा राखी थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।