Online Bichar
शनिबार, जेठ २३, २०८३ | Saturday, June 6, 2026

काठ्माडौं, १५ पुस २०८० । सिक्किम प्रहरीले खोटाङकी युट्युबर उमा चाम्लिङ राईलाई पक्राउ गरेको छ। सांप्रदायिक अशान्ति फैलाएको आरोपमा सिक्किमको सदर थाना प्रहरी चौकीको प्रहरीले शनिबार राईलाई पक्राउ गरेको भारतीय समाचार एजेन्सी पिटिआईले जनाएको छ।

उनीविरूद्ध सिक्किम क्रान्तिकारी मोर्चा पार्टीकी सदस्य शिला राईले प्रहरीमा उजुरी दिएकी थिइन्।

सन् २०२४ मा हुने विधान सभा चुनाव नजिकँदै गर्दा सिक्किमवासीबीच सांप्रदायिक अशान्ति फैलाएको आरोप छ।

उमाले केही दिन अघि सामाजिक सञ्जालमा भिडिओ हाल्दै सिक्किममा रहेका राई समुदायहरू आफ्नो अधिकारका लागि एकजुट हुनुपर्ने भन्दै भिडिओ हालेको पिटिआईले समाचारमा उल्लेख गरेको छ। उमाले सिक्किममा प्रवेश गर्दा लिनुपर्ने इन्नर लाइन पर्मिट पनि नलिएको आरोप छ।

राईलाई अदालतमा समेत उपस्थित गराइसकेको छ। उनलाई अदालतले पाँच दिन हिरासतमा राखेर अनुसन्‍धान गर्न पनि अनुमति दिएको छ।

 

तपाईको प्रतिक्रिया