काठमाडौं, ७ भदौ २०८० । महाकाली नदीमा जलसतहले सतर्कता तह पार गरेको छ। बाढी पूर्वानुमान् महाशाखाका अनुसार डडेलधुरास्थित पारीगाउँ स्टेशनमा जलसतह ५.८९ मिटर पुगेको छ।
महाकालीको सतर्कता तह ५.८० मिटर हो । खतराको तह ७ मिटर तोकिएको छ।
अहिले पानीको बहाव स्थिर भएपनि आज सुदूरपश्चिममा भारी वर्षाको सम्भावना रहेकाले जलसतह बढ्ने पूर्वानुमान् छ । पूर्वानुमान् महाशाखाले तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।