Online Bichar
बिहिबार, बैशाख २०, २०८१ | Thursday, May 2, 2024

गौरादह, २ भदौ २०८० । झापाको गौरादह नगरपालिकामा रहेको त्रिभुवन विश्वविद्यालय कृषि र पशु विज्ञान अध्ययन संस्थान अन्तर्गतको गौरादह कृषि क्याम्पस नेपाल विद्यार्थी संघ इकाई सभापतिमा जिवन नेउपाने सर्वसम्मत निर्वाचित भएका छ्न ।
नेपाल विद्यार्थी संघ गौरादह कृषि क्याम्पसको आज (शनिबार) भदौ २ गते भएको नियमित इकाई अधिवेशन मार्फत इकाई सभापतिमा जीवन नेउपाने सहित सम्पुर्ण पदाधिकारी एवं कार्यसमिति सदस्यहरु सर्वसम्मत निर्वाचित भएका हुन् ।

नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य अतीत राईको प्रमुख आथित्यमा गौरादह कृषि  क्याम्पसको सभाहलमा आयोजित कार्यक्रममा कोटेश्वर बहुमुखी क्याम्पसका पुर्ब स्वबियु सभापति एवं कार्यक्रमका विशिष्ट अतिथि महेन्द्र भट्टराई , विशिष्ट अतिथि नेवि संघ झापा जिल्ला सभापति सन्जय निरौला , दमक बहुमुखी क्याम्पस स्वबियु सभापति सोबिम नेउपाने लगायतले आफ्ना बिचार ब्यक्तगरेका थिए ।

संघको नियमित इकाई अधिबेशन मार्फत कार्यसमितिको उपसभापतिद्वयमा स्वर्णिम अधिकारी र निमिशा पौडेल ,सचीवमा संकर यादब , सह-सचीवमा सुजन रोक्का, कोषाध्यक्षमा परमेश्वोर महतो तथा सदस्यहरुमा दिक्षा खनिया ,स्मारिका पोखरेल ,प्रिया पान्डे आदित्य महतो ,देव ठाकुर ,दीपा धिताल ,रिशभ केशी ,जीना खनाल , सृष्टि मल्ल ठकुरी सर्वसम्मत निर्वाचित भएको निवर्तमान  सभापति राजेन्द्र काफ्लेले जानकारी दिए ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया