काठमाडौँ, १० साउन २०८० । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट पास भई बरामद भएको क्विन्टल सुन तस्करीको आशंकामा राजस्व अनुसन्धान विभागले व्यापारी राकेशकुमार अडुकियाको घरमा छापा मारेको छ । पछिल्लो समय सुन तस्करीको सुन बरामद भन्दा केहीसमय अघि उनले हङकङ भारत र दुबईको शंकास्पद भ्रमण गरेका थिए ।
उनले शंकास्पद यात्रा गरेको देखिपछि विभागले अनुसन्धान अघि बढाएको थियो । त्यही क्रममा उनको कमलपोखरीस्थित निवासमा विभागले छापा मारेको हो । बुधबार नै तस्करी मा संलग्न रहेको आशंकामा सुरेन्द्र तामाङ पक्राउ परेका छन् । विभाग स्रोतका अनुसार अडुकिया भने भागिसकेको आशंका छ । क्विन्टल सुन ल्याउने रेडी ट्रेडर्स नामको कम्पनी पनि अडुकियाकै योजनामा खोलिएको आशंका छ । यो विषयमा विभागले अनुसन्धान गरिरहेको छ ।
अडुकिया यो भन्दाअघि गोरखा विकास बैंकको घोटालामा पनि जोडिएका व्यक्ति हुन् । उनी शेयर कारोबारमा समेत उनी विवादस्पद पात्र हुन् । यसअघि नै विभागको निगरानीमा परेका व्यापारी अडुकिया पछिल्लो पटक जुन २६ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत गएको देखाउँछ । त्यतैबाट हङकङ पुगेका उनी जुलाई ५ मा दुबई हुँदै नेपाल आएको देखिन्छ । उनी नेपाल आएपछि हङकङबाटै नेपालमा सुन भित्रिएको देखिन्छ । त्यसैले विभागले उनलाई शंकाको घेरामा राखेर बुधबार उनको घरमा छापा मारेको हो ।कान्तिपुरबाट