Online Bichar
बिहिबार, जेठ २८, २०८३ | Thursday, June 11, 2026

झापा, १६ असार २०८० । अत्यधिक वर्षाका कारण तिनाउ नदीमा बाढी आउने क्रम बढ्दो रहेकोे छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहानैदेखि बुटवल, पाल्पा र आसपासको क्षेत्रमा अत्यधिक वर्षा भइरहेको वर्षा हुने क्रम बढ्दै गएकोले बुटवलस्थित तिनाउ नदीले खतराको संकेत पार गरेको छ।

बुटवलस्थित आज बिहान गरिएको बाढी मापन केन्द्रका अनुसार पानीको सतह ७.२२ मिटर पुगेको छ । खतराको संकेत ५.२ भएपनि  ५.६ मिटरलाई खतराको स्तर मानिएको छ। बाढीका कारण जलसतह बढ्दो क्रममा रहेकोले बाढीले खतरा स्तर पार गरेकोले तिनाउ नदीको तटीय क्षेत्रमा आज दिउँसो सम्म उच्च सतर्कता अपनाउन साथै सुरक्षित स्थानमा रहन महाशाखाले आग्रह गरेको छ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

तपाईको प्रतिक्रिया