Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, १२ जेठ २०८० । नेपाल प्रज्ञा प्रतिष्ठानले वृहत नेपाली शब्दकोशलाई परिमार्जन गर्ने भएको छ । शुक्रबार प्रतिष्ठानमा नयाँ नेतृत्व आएको सय दिन पुगेको अवसरमा आायोजित पत्रकार सम्मेलनमा वृहत नेपाली शब्दकोशमा विवाद रहेको भन्दै परिमार्जन गर्ने निर्णय गरेको जानकारी दिइएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै प्रतिष्ठानका कुलपति भूपाल राईले यसअघि छापिएको वृहत नेपाली शब्दकोशमा विवादित शब्दहरु रहेको भन्दै धेरै उजुरी आएको बताउनुभयो । उहाँले वृहत नेपाली शब्दकोसमा कुनैपनि विवाद नआउने गरी परिमार्जन गर्ने निर्णयमा पुगेको बताउनुभयो ।

उहाँले वृहत शब्दकोश परिमार्जनको लागि सामाजिक संस्था र सरोकारवाला निकायहरुसँग छलफल गरी समिति बनाएर काम अगाडि बढाउने बताउनुभयो । उहाँले हेरक वर्ष असार ९ गते हुने राष्ट्रिय कविता महोत्सवलाई बहुभाषिक, सहभागितामुलक र समावेशी बनाउने बताउनुभयो ।

उहाँले प्रतिष्ठानले साहित्य पत्रिका र पत्रकारलाई दिने गरेको अनुदानको सट्टा दुई जना विशिष्ट साहित्य पत्रकारहरुलाई साहित्यिक पत्रकारिता राष्ट्रिय पुस्कारबाट सम्मान गरिने निर्णय भएको बताउनुभयो । उहाँले जनताको संघर्ष र बलिदान र वीरताको गाथा सौन्दर्यात्मक खोजिमा प्रतिष्ठानले जोड दिने बताउनुभयो ।

कुलपति राईले प्रतिष्ठानले १२३ भाषा र १२५ बढी जातजातिलाई समेटर लैजानुपर्ने चुनौति रहेको बताउनुभयो । उहाँले आगामी ४ वर्षमा प्रतिष्ठानलाई सबैको प्रज्ञा प्रतिष्ठान बनाउने योजना रहेको बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया