Online Bichar
शनिबार, आषाढ ०९, २०८१ | Saturday, June 22, 2024

काठमाडौं, १ वैशाख २०८० । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तीनै तह मिलेर विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने भएको छ । मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहलाई संयुक्त रुपमा विद्यालय उमेर समूहका सबै बालबालिकालाई विद्यालयमा ल्याउन विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने भएको हो ।

साथै माध्यमिक शिक्षा परीक्षा दिएका विद्यार्थीहरुलाई छोटो अवधिकारी सीप विकास तालिम स्थानीय तहको नेतृत्व एवम् समन्वयमा सञ्चालन गर्ने भएको छ ।

विहीबार शिक्षामन्त्री अशोक कुमार राई जिल्ला समन्वय समिति महासंघ नेपाल, नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ नेपालका प्रमुख एवं पदाधिकारी र मन्त्रालयका अधिकारहरु सहित बसेको छलफलले उक्त निर्णय गरेको मन्त्रालयले जनाएको छ ।

शैक्षिक सत्र २०८० को शुरुमै सबै सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई निस्शुल्क पाठ्यपुस्तक उपलब्ध गराउने निर्णय गरेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
पाठ्यपुस्तकको उपलब्धता र विद्यालयमा भएको वितरण सम्बन्धमा स्थानीय तहबाट अनुगमन गरी सुनिश्चितताका लागि समन्वय गर्नेलगायतका निर्णय गरेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया