Online Bichar
आइतबार, बैशाख ०९, २०८१ | Sunday, April 21, 2024

झापा, ३ फागुन २०७९ । झापामा एकजना मानिस मृत अवस्थामा फेला परेका छन् । मेचिनगर नगरपालिका-१० का ४८ वर्षिय भेषराज खनाल मृत अवस्थामा फेला परेका हुन् ।

मृतक खनाल माघ २५ गते अन्दाजी १० बजेको समयमा घरबाट सहकारीको पैसा कलेक्सनको लागी निस्केकोमा हाल सम्म पनि सम्पर्कमा नआएको भनि मृतकका भाई तोयानाथ खनालले माघ २६ गते ईलाका प्रहरी कार्यालय धुलाबारीमा हुलिया सहितको निवेदन दिएका थिए । प्रहरीले खोजतलास गर्ने क्रममा बुधबार(आज) २ बजेको समयमा हल्दिबारी गाउँपालिका-५ स्थित शान्ति सामुदायिक वनमा सखुवाको रुखमा झुण्डी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र प्रसाद रिजालले जानकारी दिनुभयो ।

मृतकको कानुनी प्रकृया पुरा गरी मोष्टमार्टमको लागी मेची अस्पताल भद्रपुर पठाइएको साथै सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रवक्ता रिजालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया