Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

धनकुटा, ११ माघ २०७९ । जिल्ला यातायात व्यवस्था कार्यालय धनकुटाका प्रमुख बाबुराम लुइँटेललाई नेपाल कम्यूनिष्ट पार्टी बहुमतका कार्यकर्ताले कालोमसो दलेका छन् । लुइटेलले सेवाग्राहीसँग घुष लिने गरेको भन्दै बुधबार कार्यलयमै कालोमसो दलेको कम्यूनिष्ट पार्टी बहुमतले कार्यलय परिषरमा फालिएको पत्रमा जनाइएको प्रहरीको भनाइ छ ।

कम्यूनिष्ट पार्टी बहुमतका संयोजक मोहन घलेले आफ्ना २ जना मान्छेलाई ट्रायलमा पास गराई दिन भनेको र फेल भएपछि प्रमुखलाई कालोमसो दलेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

कालोमसो दल्ने कम्यूनिष्ट पाटी बहुमतका कार्यकर्ताको खोजी र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रमुख लक्ष्मीराज अधिकारीले जानकारी दिनुभयो ।ईमेजखबरबाट 

 

तपाईको प्रतिक्रिया